नियम
कोेषको उपयोग

कोषको रकम देहायको कामको लागि उपयोग गरिनेछः–
(क) एकल महिलालाई शिक्षा र सीपमूलक तालीम प्रदान गर्न,
(ख) एकल महिलाका लागि स्वरोजगार कार्यक्रम सञ्चालन गर्न,
(ग) एकल महिलालाई औषधि उपचार गर्न,
(घ) एकल महिलालाई उद्धार गर्न, राहत दिन तथा पुनस्र्थापना गर्न,
(ङ) एकल महिलालाई कानूनी सहायता प्रदान गर्न,
(च) एकल महिला सम्मिलित सामुदायिक वा सहकारी संस्थाको कार्यमा सहयोग गर्न,
(छ) एकल महिलाको सामाजिक मर्यादा अभिवृद्धिको लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न,
(ज) समितिबाट गरिने कार्यक्रमको अनुगमन गर्न,
(झ) एकल महिलाको हक, हित संरक्षण र सम्वद्र्धनको लागि समितिले तोके बमोजिमको अन्य काम गर्न वा गराउन ।